सर्लाही । मलगंवा नगरपालिका वडा ८ स्थित सडकबाट करिब १० केजी अवैध लागूऔषध गाँजा सहित भारत सितामढी ग्राम पंचायत राजा प्रसोनी-१ बस्ने २३ वर्षीय मो.साकिर लगायत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ना.२ ह १५६७ नम्बरको टेम्पोलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
फोटो: साङ्केतिक