आज प्रतिनिधिसभाकाे बैठक बस्दै

<span class='c1'>आज प्रतिनिधिसभाकाे</span> <span class='c2'>बैठक बस्दै</span>

विराटनगर । प्रतिनिधिसभाकाे बैठक बुधबार पुन:बस्दै छ ।

बुधबार दिउँसो १ बजे बस्ने बैठकमा तीनवटा सम्भावित कार्यसूची राखिएको छ । संसद् सचिवालयले मंगलबार निकालेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन ०७७/७८’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक ०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक ०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

दुई विधेयक सभामा पेस भएपछि सैद्धान्तिक छलफल सुरु हुनेछ । यसअघि १५ फागुनमा बसेको बैठकले एमसिसी अनुमोदन गरेको थियो । एमालेको अवरोध जारी नै छ । बुधबारको बैठकमा पनि एमालेले विरोध यथावत् राख्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्