जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

विराटनगर । काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित धादिङ गजुरी गाउँपालिका-६ घर भएका गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा तास खेलिरहेको भन्ने सूचनाको आधामा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रू.३० हजार ३ सय ६० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

ललितपुर, महालक्ष्मी नगरपालिका-४ ईमाडोल ओचु हाईटस्थित बिनोद श्रेष्ठको ब्याटमिन्टन कोर्टभित्र तास खेलिरहेको अवस्थामा २५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा तास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रू.४ लाख २९ हजार ५ सय ९० रुपैयाँ र ८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्