राउतको हत्याको आरोपमा दुई पक्राउ

<span class='c1'>राउतको हत्याको आरोपमा</span> <span class='c2'>दुई पक्राउ</span>

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा मृत फेला परेका एक व्यक्तिको हत्या भएको खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बूढानीलकण्ठ नगरपालिका ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको आफ्नै साथीबाट हत्या भएको खुल्न आएको हो । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । राउत यही फागुन १६ गतेदेखि हराएका थिए । उनको शव १७ गते फेला परेको थियो । घटना अनुसन्धानका लागि प्रहरीले कुकुरको समेत प्रयोग गरेको थियो ।

उनको शवलाई अहिले परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २४ वर्षीय याकुब चौधरी र १८ वर्षीय करण पासवानलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुबीच पैसाको लेनदेनका विषयमा विवाद हुँदा हत्या गरेको अनुसन्धानमा खुलेको छ । उनीहरु लागुऔषध कारोबार तथा सेवानमा समेत संलग्न रहेको पाइएकाले अनुसन्धान जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्