प्रहरीलाई विधुतीय अटो हस्तान्तरण

प्रहरीलाई विधुतीय अटो हस्तान्तरण

विराटनगर । सुनसरीको इटहरी उप महानगरपालिका ६ मा अवस्थित रहेको अटो सिटी बजाज सोरुमले प्रहरीलाई विधुतीय अटो हस्तान्तरण गरेको छ ।

शुक्रबार बिहान एक कार्यक्रमको आयोजना गरी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोरुमका प्रबन्धक प्रदिप सन्थालियाले ९ सिट क्षमता भएको १ थान विधुतीय अटो १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसीलाई हस्तान्तरण गर्नुभएको हो । उक्त इलेक्ट्रोनिक अटोले इलाका प्रहरी कार्यालय इटहरीलाई प्रहरी गस्ति र पेट्रोलिङ बढाई अपराधिक गतिविधि निस्तेज पार्न महत्वपुर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ । समाजमा शान्ति सुरक्षा र अमन चयन कायम राख्नका निम्त्ति प्रदान गरिएको अटोले सहयोग गर्ने १ नम्बर प्रदेश प्रहरी कार्यालयका डिआईजी बिसीले बताउनुभयो ।

उक्त कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापा, १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडा र विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, नागरिक समाज तथा स्थानिय लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्