नेपाली काँग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी

<span class='c1'>नेपाली काँग्रेस चितवनको सभापतिमा</span> <span class='c2'>राजेश्वर खनाल विजयी</span>

चितवन । नेपाली काँग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी हुनुभएको छ ।

शुक्रबारदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उहाँ स्वतः विजयी हुनुभएको हो ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान हुने कार्यक्रम तय भएको थियो । पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गर्नुभएका खनाल र श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने भनिए पनि श्रेष्ठले खनाललाई समर्थन गरेपछि उहाँ विजयी हुनुभएको हो ।

पहिलो चरणमा खनालले सर्वाधिक ७४६ मत प्राप्त गर्नुभएको थियो । यस्तै श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र प्रा डा सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गर्नुभएको थियो भने १०१ मत बदर भएको थियो । अन्य पदको मतगणना हुन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्