विराटनगरमा राष्ट्रिय हक्की प्रतियोगितामा हुँदै

विराटनगरमा राष्ट्रिय हक्की प्रतियोगितामा हुँदै

विराटनगर । शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रिय पुरुष हक्की प्रतियोगिता हुने भएको छ । नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा चैत ८ गतेदेखि १२ गतेसम्म राष्ट्रिय स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगितका संयोजक रञ्जन थापाले जानकारी दिए । उनका अनुसार तेस्रो संस्करणमा एक विभागीय टोलीसहित ७ वटा टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिएका कारण प्रतियोगिता नियमित गर्न नसकेको संयोजक थापाले बताए ।
प्रगियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् । ०७५ सालमा झापामा भएको पहिलो संस्करण गण्डकी प्रदेशले जितेको थियो भने ०७६ मा विराटनगरमा सम्पन्न दोस्रो संस्करणमा प्रदेश ५ (लुम्बिनी प्रदेश)ले गण्डकीलाई टाइब्रेकरमा ५–३ गालेमा पराजित गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्