कक्षा १० को एसईई परीक्षा अब प्रदेश सरकारले लिने, उत्तरपुस्तिका छपाईको कार्य धमाधम

<span class='c1'>कक्षा १० को एसईई परीक्षा अब प्रदेश</span> <span class='c2'>सरकारले लिने, उत्तरपुस्तिका छपाईको कार्य धमाधम</span>

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यस बर्षदेखि कक्षा १० को एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिम्मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

फाल्गुण दोश्रो साता राष्ट्रिय परीक्षा बोर्डको नियमावली २०७६ संशोधन भएसँगै एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेशले पाएको हो । नियमावली परिवर्तनसँगै बोर्डले ६ सदस्यीय ‘प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति’ गठन गरि प्रदेश सरकारलाई परीक्षा लिने जिम्मा दिएको हो । यसअघि कक्षा १० को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने गरेको थियो । तर, अब यसपटकदेखि प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा रहेको शिक्षा विकास निर्देशनालयले कक्षा १० को एसइइ परीक्षा लिने मन्त्रालयका उप–सचिव एवं शिक्षा महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले बताए । उनले परीक्षा सञ्चालनका निम्त्ति मन्त्रालयका सचिवको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरिएको जानकारी दिए । ‘परीक्षा सञ्चालनका निम्त्ति प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा शिक्षा विकास निर्देशक सदस्य सचिव रहने गरि समिति गठन गरेको छ,’ उनले भने, ‘गठित समितिमा प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख, प्रदेशको माध्यमिक तहका विद्यालयहरुबाट मनोनित १ जना प्रधानाध्यापक र स्थानीय तहको शिक्षा शाखाका प्रमुखहरुबाट मनोनित एकजनालाई सदस्यको रुपमा राखिएको छ ।’

परीक्षा सञ्चालनदेखि व्यवस्थापनको सम्पुर्ण अधिकार प्रदेशलाई हस्तान्तरण भएपछि हाल राष्ट्रिय परीक्षा बोर्डसँग लब्धाङ्कपत्र प्रमाणिकरणको अधिकार मात्र छ । परीक्षाको उत्तरपुस्तिका परीक्षण, टेबुलेसन, कोडिङ र डिकोडिङ लगायतका सम्पुर्ण कार्य प्रदेशले नै गर्ने जनाईएको छ । राष्ट्रिय परीक्षा बोर्डले त्यस सम्बन्धमा कार्यविधि समेत निमार्ण गरिरहेको शिक्षा विकास निर्देशनालय प्रदेश नं. १ ले जनाएको छ । कार्यविधि बनिसकेपछि प्रदेशले पाएको अधिकार सम्बन्धमा थप स्पष्ट हुने निर्देशनालयका निमित्त निर्देशक राजेन्द्र बुढाथोकीले बताए । उनले जिल्लाहरुमा केन्द्र तोकेर परीक्षा सञ्चालनका निम्त्ति यसपटकका लागि कुल ४ करोड ४६ लाख रुपैयाँ बजेट समेत विनियोजन भईसकेको जानकारी दिए । ‘हामी परीक्षा सञ्चालनको पूर्वतयारीमा जुटिसकेका छौं । जिल्लाहरुबाट केन्द्र निर्धारण भई हामीकहाँ रिपोर्टिङ आईसकेको छ,’ उनले भने, ‘चैत्रभरि पठनपाठन जारी राख्ने र बैशाखमा मात्र परीक्षा लिने तयारी छ । त्यसका लागि उत्तरपुस्तिका छपाईको कार्य भईरहेको छ । चैत्र लागेपछि जिल्ला–जिल्लामा पठाउँछौं ।’

परीक्षा सञ्चालन तथा व्यवस्थापनको अधिकार भर्खरै मात्र हस्तान्तरण भएको हुनाले यसपटकको प्रश्नपत्र संघबाट नै आउने प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार त्यसपछिको बाँकी काम समितिको बैठकबाट निर्णय भई आउनेछ । प्रदेश नं. १ मा भने एसईईका ८४ हजार ४ सय परीक्षार्थीहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्