चीनमा थप २ सय ३३ कोरोना सङ्क्रमित भेटिए

<span class='c1'>चीनमा थप २ सय</span> <span class='c2'>३३ कोरोना सङ्क्रमित भेटिए</span>

चीनमा केही दिनयता कोरोनाभाइरसका सङ्क्रमितहरु थप सङ्ख्यामा भेटिन थालेको बताइएको छ ।

चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारी अनुसार चीनभित्रै पनि सङ्क्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुका अनुसार मंगलबार मात्र चीनमा कोरोना भाइरसका २ सय ३३ जना नयाँ सङ्क्रमित देखिएका हुन् ।

तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारी अनुसार चीनमा मंगलबार मात्र २ सय ३३ जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये अधिकांश चीनभित्रैका नागरिकमा पाइएको हो ।

यहाँका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा सङ्क्रमित पाइएका हुन् । पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ । चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्