महिलाको उद्यमशीलता विकासलाई इसेवाले सघाउने

महिलाको उद्यमशीलता विकासलाई इसेवाले सघाउने

विराटनगर । ई–सेवाले महिला उद्यमशीलता विकासलाई सहयोग गर्ने भएको छ । मोरंग व्यापार संघको महिला उद्यम समिति र ई–सेवाको संयुक्त आयोजनामा एक दिने अनलाईन भुक्तानी कार्यक्रम आयोजना गरेको हो ।

महिलाहरुले आय–आर्जन गरेको सीपलाई उद्यमशीलतामा परिवर्तित गरी आयआर्जनतर्फ उन्मुख गराउनु नै यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ । व्यापार-व्यवसाय गर्ने सोच बनाउनु भएका, भर्खरै व्यापार व्यवसायको प्रारम्भ गरेका महिलाहरुलाई लक्षितगरी आ–आफ्नै व्यवसाय स्थल, घरबाट पनि आर्थिक कारेबार गर्न सहज होस् भन्ने अभिप्रायले यो कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष नवीन रिजालले बताए ।

उक्त कार्यक्रमकी प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयकी राज्यमन्त्री माननीय श्रीमती विष्णु तुम्बाहम्फेले राज्यको समग्र क्षेत्रमा महिलाहरुको ३३ प्रतिशत सहभागिता रहनु पर्नेमा अहिले पनि त्यति सहभागिता हुन नसक्नु हामी सबैको कमजोरी भएको बताएकी थिइन् ।
कार्यक्रममा ई–सेवा, विराटनगरका प्रमुख झलक सुब्बाले ई–सेवा नेपालकै पहिलो सेवा प्रदायक संस्थाको चाहेको सुविधा लिन सकिने बताएका थिए । भएको र विशेष गरी महिलाहरुलाई लक्षित गरि यस कार्यक्रमको आयोजना गरिएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्