राजविराज । नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित हुनुभएको छ ।
सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह १ सय १६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुनुभएको हो । साहले एक हजार १ सय ८६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गर्नुभएको थियो ।