नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चैत ९ र १० बस्ने

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चैत ९ र १० बस्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने भएकाे छ ।

एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने बताउनुभयो ।

पछिल्लो समय देशका प्रमुख लगायतका सबै दलहरु स्थानीय तहको चुनाव केन्द्रित छन् । आगामी चुनावमा सत्ता गठबन्धन सँगसँगै जानुपर्नेमा गठबन्धनका दलले बताउँदै आएका छन् । एमालेले भने चुनावमा एक्लै लड्ने जनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्