काठमाडौं। प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि छलफल हुने भएको छ ।
आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोगमाथि छलफल हुने दिन र समय तोक्ने हुनुभएको हाे।
आइतबारको बैठकको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख गरिएकाे छ । यसअघिको प्रतिनिधिसभाकाके बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको थियाे । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा प्रमुख प्रतिपक्षी दलका नेकपा (एमाले) पनि सहभागी छ ।
