स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्नु हुँदैनः अध्यक्ष ओली

<span class='c1'>स्वतन्त्रताका नाममा पित पत्रकारिता</span> <span class='c2'>गर्नु हुँदैनः अध्यक्ष ओली</span>

पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्न नहुने बताउनुभएको छ। प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाअधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उहाँले आजको सञ्चार क्षेत्र राष्ट्रको समृद्धि, सुशासन र विकासका लागि हुनुपर्ने बताउनुभयो।

सञ्चार क्षेत्रमा प्राप्त उपलब्धिलाई उपयोग गर्दै लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्नु वर्तमानको आवश्यकता भएको उहाँले बताउनुभयो। अध्यक्ष ओलीले नेपाली पत्रकारिता तथा प्रेस क्षेत्रको इतिहास छोटो रहेको उल्लेख गर्दै उहाँले स्वतन्त्र प्रेसको अवस्था अझै पछि रहेको स्पष्ट पार्नुभयो।

स्वतन्त्रता एवम् हकअधिकारका क्षेत्रमा संविधानले स्पष्ट व्यवस्था गरेको चर्चा गर्दै उहाँले हक तथा अधिकारसँगै कर्तव्यको पालना गर्नेतर्फ पनि लाग्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष ओलीले नवीनतम प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिँदै अतितमुखी नभई आगतमुखी हुनुपर्ने बताउनुभयो।

पत्रकारिता राष्ट्रको समुन्नति र विकासका लागि हुनुपर्नेमा जोड दिँदै उहाँले प्रेस चौतारीले आगामी दिनमा आफूलाई अझै व्यवस्थित एवं एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो। अध्यक्ष ओलीले देशको राजनीति जनादेशी र परामादेशीबीच दुई धारमा विभक्त भएको उल्लेख गर्दै आसन्न निर्वाचनका माध्यमबाट जनादेश विरोधीलाई परास्त गर्ने बताउनुभयो। उहाँले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने गरी सबै लाग्नुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष ओलीले प्रेस चौतारी नेपालबाट प्रदान गरिने पुरस्कारबाट प्रेस चौतारी नेपालका पूर्वअध्यक्षद्वय गगन विष्ट र राजेन्द्र अर्याल, उपाध्यक्ष शान्ति गुरुङ, लेखक तथा राजनीतिक विश्लेषक झलक सुवेदीसहित विभिन्न व्यक्तिलाई सम्मान गर्नुभयो भने प्रकाशित स्मारिकाको पनि विमोचन गर्नुभयो।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्रका पक्षमा पत्रकारिता क्षेत्रले कलम चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। नेपाली कांग्रेस सधैँ लोकतन्त्र र प्रेस स्वतन्त्रका पक्षमा रहेको उहाँले बताउनुभयो।

भोलिसम्म चल्ने महाधिवेशनमा देशभरबाट एक हजारभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन्। महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

प्रेस चौतारी नेपालको शुक्रवार पोखरा सभागृहमा आयोजित उद्घाटन समारोहमा स्मारिका विमोचन गर्दै एमाले अध्यक्ष केपी ओलीलगायत । तस्बिर हरि बास्तोला/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्