कञ्चनपुरमा १९ हजार मतदाता थपिए

<span class='c1'>कञ्चनपुरमा १९ हजार</span> <span class='c2'>मतदाता थपिए</span>

कञ्चनपुरमा १९ हजार ८ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सच्याउनुपर्ने, नामावली कार्ड हराएका र मृत्यु भएकाको विवरण निर्वाचन आयोगमा पठाउने काम सम्पन्न गर्दैछ ।

नौ पालिका रहेको जिल्लामा हालसम्म १८ वर्षमाथिका मतदाता दुई लाख ९७ हजार ३४१ रहेको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सङ्गीता विष्टले जानकारी दिइन् । “नामावली दाबी विरोधको अवधि सकिएपछि अहिले मृत्यु भएकाको विवरण सङ्कलन गरेर आयोगमा पठाउने काममा खटिएका छौँ ।” उनले भनिन्, “नामावली कार्ड हराएका र सच्याउनुपर्ने काममा लागेका छौँ ।”

वि.सं २०७७ माघ २५ गतेसम्म जिल्लामा दुई लाख ७८ हजार ३३३ मतदाता रहेको कार्यालयले जनाएको छ । “तीन लाख एक हजार ३७८ जनाको नामावली सङ्कलन गरेर पठाएको विष्टले बताउनुभयो । उनले भनिन्–“आयोगबाट दुई लाख ९७ हजार ३४१ मतदाताको विवरण आएको छ ।” आगामी चैत मसान्तभित्र आयोगले जिल्लाको अन्तिम मतदाता नामावली उपलब्ध गराउने बताइएको छ । मङ्सिरयता दुई चरणमा कार्यालयले मतदाता नामावली सङ्कलन गरेको थियो । कार्यालयका अनुसार हालसम्म भीमदत्त नगरपालिकामा सबैभन्दा बढी ६७ हजार १७८ मतदाता छन् ।

त्यसैगरी बेदकोट नगरपालिकामा ३२ हजार ९५३, शुक्लाफाँटामा ३१ हजार ५४६, कृष्णपुरमा ४० हजार ५७३, दोधारा चाँदनी नगरपालिकामा २७ हजार ७४, बेलौरी नगरपालिकामा ३४ हजार ८८६, पुर्नवासमा ३४ हजार १८१, लालझाडी गाउँपालिकामा १४ हजार १७१ र बेलडाँडी गाउँपालिकामा १४ हजार ७७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मृत्यु भएकाको विवरण आयोगमा पठाइसकेपछि मतदाता सङ्ख्या घट्ने देखिन्छ । विष्टले भनिन्, “अन्तिम नामावलीका लागि केही समय पर्खिनुपर्ने हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्