जग्गा नामसारी गर्दा घुस मागेको आरोपमा खरिदारविरुद्ध मुद्दा दायर

जग्गा नामसारी गर्दा घुस मागेको आरोपमा खरिदारविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा नामसारी गर्ने सेवाग्राहीसँग घुस माग्ने एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मालपोत कार्यालय चाबहिल काठमाडौंमा कार्यरत खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनले सामान्य प्रक्रियाबाट हुने कामका लागि सेवाग्राहीसँग एक लाख ३५ हजार घुस माग्दै गरेको अवस्थामा पक्राउ गरेको आयोगले जनाएका छ । आयोगले घुस लिँदै गरेको अवस्थामा बस्नेतलाई यही फागुन १२ गते कार्यालयबाटै फक्राउ गरेको थियो ।

जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिएको भन्दै खरिदार बस्नेतले आफ्नो ओहोदा र पदीय दायित्वकोसमेत ख्याल नगरी घुस मागेको आयोगको आरोप छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपी खरिदार बस्नेतविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्