सुनको मूल्य प्रतितोला पाँच सयले घट्यो

सुनको मूल्य प्रतितोला पाँच सयले घट्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले घटेर एक लाख दुई हजार तीन सय रुपियाँमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार आठ सय रुपियाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार आठ सय रुपियाँ तोकिएको छ । जसको मूल्य आइतबार प्रतितोला एक लाख दुइ हजार तीन सय रुपियाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ४१५ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्