म्यादी प्रहरीको भर्नाकाे लागि चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने

म्यादी प्रहरीको भर्नाकाे लागि चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने

विराटनगर । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ । मंगलबार नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रशासन विभागले सार्वजनिक गरेको सूचना चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने छ । निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य अवधि बढीमा ४० दिन सम्मको हुनेछ। म्यादी प्रहरीको लागि नेपाल प्रहरीको जवान सरह (आधारभूत मासिक तलब रु.२२,६८० ) बढीमा ४० दिन सम्मको लागि व्यक्तिगत बैक खातामा रकम जम्मा गरिदिने गरी जम्मा तलब रु.३०,२४० खाद्यान्न वापत प्रति व्यक्ति एकमुष्ठ रु.७,२०० र पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति रु.६००० का दरले उपलब्ध गरिने छ। निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउमा आउन र जाने तयारी स्वरुप प्रति म्यादी प्रहरी एक पटकको लागि रु.१००० का दरले तयारी खर्च उपलब्ध गराईने छ । म्यादी प्रहरीको बीमा लगायतका अन्य सुविधा नेपाल सरकारले तोकेको बमोजिम हुने छ ।

उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर र अन्य सबै जिल्ला प्रहरी कार्यालयमा पुगेर दरखास्त फारम बुझाउन पाइने छ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तोकेको छ। चुनावी प्रयोजनका लागि थप सुरक्षाकर्मी आवश्यक परेकोले सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्