डडेल्धुरा । डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ ।
मंगलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जनावर मार्नका लागि भरूवा बन्दुकको पासो थापेका गन्यापधुरा–४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको हो । मृतकको शव अस्पतालमा राखिएको बताइएको छ । त्यस्तै, घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
नियन्त्रणमा लिइएकाको परिचय भने प्रहरीले खुलाएको छैन ।
फोटो: साङ्केतिक