अख्तियारमा स्थानीय तहका उजुरी धेरै दर्ता

<span class='c1'>अख्तियारमा स्थानीय तहका</span> <span class='c2'>उजुरी धेरै दर्ता</span>

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन्।

बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरू रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख विजयराज पौडेलले जानकारी दिए।

उनका अनुसार, गत आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्षको हालसम्म कार्यक्षेत्रअन्तगर्तका चार जिल्लाका उजुरीमध्ये बाँकेका २ सय ६५, दाङका २ सय ९, बर्दियाका १ सय १ र रोल्पाका ३३ गरी कूल ६ सय १८ उजुरी दर्ता भएका छन्। तीमध्ये ३ सय ७ उजुरीको छानबिन सम्पन्न भएको छ भने ३ सय ११ उजुरी फर्छ्यौट हुन बाँकी रहेका छन्।

कार्यालयको कार्य क्षेत्रअन्तर्गतका चार जिल्लामध्ये सबैभन्दा धेरै बाँकेका स्थानीय तहका १ सय १३ उजुरी दर्ता भएका छन् । तीमध्ये ६८ उजुरी फर्छ्यौट भएका छन् भने अझै ६५ उजुरी फर्छ्यौट हुन बाँकी छन्। जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाका २८ उजुरी दर्ता भएको कार्यालय प्रमुख पौडेलले बताए।

स्थानीय तहमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानुनको पालना नगर्ने/नगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्ने जस्ता प्रवृत्ति पाइएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्