काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
निर्वाचन कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ। दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका हुनेछ।