सुदूरपश्चिममा मोटरसाइकल दुर्घटनामा ४ जनाको मृत्यु

सुदूरपश्चिममा मोटरसाइकल दुर्घटनामा ४ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिका विभिन्न ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आज (शुक्रबार) कैलालीमा २ जना, अछाम र बझाङमा १/१ गरि छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु भएको हो ।

कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेमा टीकापुरकै अन्जील कार्की र प्रजापती चौधरी रहेका छन् । सोही दुर्घटनामा अर्का दिवस चौधरी घाइते भएका छन् ।

टीकापुर नगरपालिका ४ असनेरीमा से ३ प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

यस्तै बझाङको बुगंल नगरपालिकामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स्थानिय रेडियो सेरोफेरोमा कार्र्यरत सुरेश कुवँरको मृत्यु भएको हो । शुक्रबार विजगडा नजीकै नयाँ मोटरसाइकलमा सवार कुवँरको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यस्तै अछाममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मंगलसेनबाट साफेबगर जाने क्रममा मंगलसेन साँफेबगर सडक खण्ड अन्तरगत कैलाशखोला नजिक ओलिगाउ जाने सडकमा मोटरसाइकल दुर्घटनामा परेको हो ।

बिहीबार से ६ प १८९९ नम्बरको दुर्घटनामा परि मंगला नेरा मावि ओलिगाउका लेखापाल माधव शर्माको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ४० वर्षीय शर्माले चलाएको मोटरसाइकल सडकबाट करिब ६८ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्