सांसद विष्टले गरे सनाखत

सांसद विष्टले गरे सनाखत

सुर्खेत । पदबाट राजीनामा दिएका नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशसभाका सांसद ठम्मर विष्टले प्रदेशसभा सचिवालयमा उपस्थित भएर सनाखत गरेका छन् ।

सांसद विष्टले शुक्रबार प्रदेशसभा सचिवालयमा उपस्थित भएर सनाखत गराएका हुन् । विष्टले केही दिन अघि आफ्नो राजीनामा कर्णाली प्रदेशसभामा ईमेलमार्फत दर्ता गरेका थिए । नेपालको संविधानको धारा १८० को (क) मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ। उक्त उपधारामा निजले प्रदेश सभाको सभामुख समक्ष लिखित राजीनामा दिएमा राजीनामा स्वीकृत भएको मानिने व्यवस्था छ ।

बिहिबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको वैठकले विष्टलाई राजीनामा फिर्ता लिन र पार्टी काममा फर्कन निर्देशन दिएको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्