धनगढीमा यौन धन्दा सञ्चालन गर्ने ४ होटेलका सञ्चालक सहित ९ युवती पक्राउ

<span class='c1'>धनगढीमा यौन धन्दा सञ्चालन गर्ने ४</span> <span class='c2'>होटेलका सञ्चालक सहित ९ युवती पक्राउ</span>

धनगढी । कैलालीको धनगढीमा बजारमा रहेका होटलहरुमा प्रहरीले छापा मारेको छ ।

यौन धन्दा भइरहेको छ भन्ने विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको टालीले धनगढी बजार क्षेत्रमा सञ्चालमा रहेका चार वटा होटेलमा छापा मारेको हो । ती होटलमा छापा मार्दा यौन धन्दा सञ्चालन गराउने चार होटल व्यवसायीसहित यौन धन्दामा संलग्न ९ जना युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिका १ एलएन चोक स्थित शाही होटल प्यालेश, वडा नम्बर ३ ट्राफिक चोकस्थित सनराईज होटल र बुढिनन्दा बाजुरा होटल र वडा नम्बर १२ क्याम्पस चोकस्थित प्रिन्स होटल मा प्रहरीले छापा मारेको हो ।

उनीहरु सबै जनामाथि कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्