‘एक घर एक धारा’को नीति कार्यान्वयन नहुँदा कुमाल बस्तीमा खानेपानीको समस्या

<span class='c1'>‘एक घर एक धारा’को नीति कार्यान्वयन</span> <span class='c2'>नहुँदा कुमाल बस्तीमा खानेपानीको समस्या</span>

पाल्पा । ‘एक घर एक धारा’को नीति कार्यान्वयन नहुँदा रैनादेवी छहरा गाउँपालिका–३, छचुवाको कुमाल बस्तीमा खानेपानीको समस्या कायमै छ । यहाँ ११० परिवार कुमाल जातिको बसोबास छ । खानेपानीको धारा जडान नहुँदा पानी बोकेर खानुपर्ने समस्या छ ।

कुमाल बस्तीको तल्लो भागमा मुहानबाट चौबिसैघण्टा पानी बगिरहेको छ । पानीको व्यवस्थापन गर्न हम्मेहम्मे हुने गरेको स्थानीय शर्मिला कुमाल बताउँछिन् । अध्ययन गर्ने बालबालिकाले अधिकांश समय पानीकै लागि समय खर्चिनुपरेको छ । “पढाइ गर्न समयै नै हुँदैन”, उनले भनिन् । पानी डोकोमा बोक्नुपर्ने बाध्यता छ ।

मुहानबाट बगेको पानी व्यवस्थित गरी अस्थायी धारा निर्माण गरिएको छ । अस्थायी धाराबाटै स्थानीय बासिन्दाले काम चलाएका छन् । कुवाको पानी ग्रागीमा बोकेर लैजाँदा आधा घण्टा जति समय खर्च गर्नुपर्ने बाध्यता अझै नहटेको स्थानीय बैंकाले कुमालले बताए ।

लिफ्ट प्रणालीबाट खानेपानीको वितरणको व्यवस्था गर्नुपर्ने स्थानीयबासीको माग छ । वि.सं. २०५४ मा कुमाल बस्तीमा खानेपानीको धारा जडान गरिएको थियो । टोलटोलका धारा विस्थापित भएपछि बस्तीमा खानेपानीको असुविधा भएको हो । प्रदेश सरकारको रु.१० लाख सहयोगमा पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण र पाइप खरिद कार्य सम्पन्न भएको वडाध्यक्ष लालबहादुर दर्लामीले बताए । एक घर एक धारा जडानका लागि काम अन्तिम तयारीमा रहेको वडाध्यक्ष दर्लामी बताए ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्