अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

रूपन्देही । कञ्चन गाउँपालिका-४ अस्नैया कञ्चन चोकबाट करिब १ ग्राम ८ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका कञ्चन चोक बस्ने ३४ वर्षीय एकेश्वर पुन र ३२ वर्षीय टिकाराम थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सिन्धुली, मरिण गाउँपालिका-२ सानो गर्दवाबाट करिब २८ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय दल बहादुर मोक्तान र १८ वर्षीय किशोर रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूको घर तथा आसपास एरियाहरू तलासी गर्ने क्रममा घर नजिकै रहेको मकैबारीमा बोरामा प्याकिङ गरी लुकाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्की बसपार्कबाट करिब ५ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद २७ हजार २ सय ४० रूपैयाँ सहित सोही ठाउँ बस्ने २३ वर्षीय आकास बिश्वकर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा सु.प.प्र. ०१-०१० प ५०२५ नम्बरको मोटरसाइकल शंकास्पद अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त पदार्थ र नगद फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्