लेटाङमा भीडले कानुन निस्तेज गर्न खोज्दा जन्मिएको अर्को अपराध

लेटाङमा भीडले कानुन निस्तेज गर्न खोज्दा जन्मिएको अर्को अपराध

विराटनगर । भीडले कानुनलाई उल्लंघन गर्न खोज्दा मोरङको लेटाङमा एक प्रहरी जवानले कर्तव्य पालना गर्ने क्रममा ज्यान गुमाउनु प¥यो । समाजमा रहेको अपराध सार्वजानिक भएसँगै कानुनी दायरामा बाँध्ने राज्यको वैधानिक शक्तिलाई विश्वास नगर्दाको परिणाम, अर्को अपराधको जन्मभयो । नागरिक दर्जाको मर्म भुल्ने स्थिति आएको सर्वसाधारणको जमातलाई भीडको संज्ञाले चिनिन्छ । जसले राज्यको कानुन कार्यन्वयनमा अवरोध मात्रै गर्दैन, उल्लंघन गर्ने आँट पनि बटुल्छ । मोरङको लेटाङमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षकलाई कानुनी दायरामा ल्याउने क्रममा राज्यको वैध शक्तिको रुपमा उपस्थित प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या पनि नागरिकको दर्जा भुलेको भीडले गरिदियो । छात्रालाई यौन दुव्र्यवहार गर्ने अपराधकर्ममा जोडिएका शिक्षकको अपराधसँगै कानुन कार्यन्वयन गर्ने प्रहरीमाथि जाईलाग्ने भीडले अपराधकर्मको भूमिका निर्वाह ग¥यो ।

घटनाको प्रारम्भ अपराधसँग जोडियो तर निष्कर्ष पनि अपराध नै निस्कियो । प्रहरीले घटनालाई गम्भीरतापूर्वक हेर्दाहेर्दै भीडले मनस्थिति मात्रै हैन मानसिकता गुमायो । त्यसको उपज कानुन कार्यन्वयन गराउने आवाज निकाल्ने नागरिकसँगै प्रहरीलाई समेत क्षति पु¥यायो । जुन भूमिकाले नेपाली नागरिकलाई लज्जित गरिदियो । कानुन हातमा लिएर गरिने अपराधले एकजना निर्दोष नागरिक र राज्यको होनाहार सुरक्षाकर्मीको दुःखद् अन्त्य भयो । आफ्नो भूमिकामा रहँदा ज्यान गुमाउने प्रहरी जवान श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली !

घटनापछि प्रहरीको गम्भीरतालाई स्थानीयले बुझ्न नसक्नुको रहस्य क्रमशः बाहिर आउला । तर, कानुन भन्दामाथि रहने भीडको मानसिकताले सभ्य नागरिकको पहिचानलाई दुत्कारेको छ । समाजमा रहेका अपराध क्रमशः बाहिर आउने क्रम बढेको छ । बाहिर नआएका घटना समाजकै सहयोगमा प्रहरीले सफल अनुसन्धानबाट निष्कर्ष निकाल्दै आएको छ । तर, पछिल्लो समय मोरङमा समान प्रकृतिका तीन घटनामा भीडले कानुन भन्दामाथिको निष्कर्ष खोज्दै आएको छ । यो सकारात्मक नतिजा निकाल्न योग्य ठहरिदैन ।

यस अगाडी लेटाङकै अर्की एक छात्राको बलात्कारपछि हत्या भएको घटना होस् वा सुन्दरहरैंचामा नाबालकको बलात्कार गरेको घटना । यी सबै घटनामा प्रहरीले आरोपित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेपछि पनि भीड कानुन भन्दामाथि उभिन खोज्नु सकारात्मक मान्न सकिदैन । यस्तो अवस्थालाई निरुत्साहित नगरे चाँहि आम नागरिकको हैसियतले पाउनु पर्ने कानुनी अधिकार क्रमशः मेटिदै जानेछ । लेटाङ घटनामा अनावश्यक माग राखेर कानुन निस्तेज गर्न खोज्दाको परिणामले प्रहरी मात्रै हैन स्थानीयले समेत जीवनभर कमजोर महसुश गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।

निष्कर्षमा यदि कानुन कार्यन्वयन गर्ने शक्तिलाई विश्वास नगर्ने हो भने समाजमा अपराध अझै झ्याङ्गीदैं जानेछ । असंगठित समुहले कानुन दवाउने स्थितिको सिर्जना भए सबभन्दा धेरै सामान्य नागरिकले नै पेलिनुपर्ने स्थिति आउनेछ । अतः अपराध भएपछि प्रहरीलाई अविश्वास गरेर दवाव हैन, विश्वास गरेर सहयोग गर्नु नै सर्वसाधारणका लागि श्रेष्यकर हुनेछ । अन्त्यमा घटनामा घाइते सबैको शिघ्र स्वास्थ्यलाभको कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्