भारतमा कोरोनाभाइरसबाट थप १५ सय नयाँ सङ्क्रमित

<span class='c1'>भारतमा कोरोनाभाइरसबाट थप १५</span> <span class='c2'>सय नयाँ सङ्क्रमित</span>

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा झण्डै १५ मानिस सङ्क्रमित भएका छन् । “दैनिक सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा कम भएको अहिले तेस्रो दिन हो,” सरकारी एक अधिकारीले पत्रकारहरुसँग भने ।

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको संघीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यही मार्च १९ का दिन दुई हजार ७५ जना सङ्क्रमित भएको देखिएकोमा त्यसको भोलीपल्ट मार्च २० मा एक हजार ७ सय ६१ जना मात्रै सङ्क्रमित भएका थिए । त्यसैगरी, मार्च २१ मा एक हजार ५ सय ४९ मा झरेको थियो ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितहरुको सङ्ख्या चार करोड ३० लाख १० हजार ९ सय ७१ पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ७४१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिले दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गइरहेको छ ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म पाँच लाख १६ हजार ५ सय १० जनाको मृत्यु भएको छ । ती मध्ये ३१ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्