दक्षिण कोरियामा दैनिक झण्डै ५ लाख नयाँ सङ्क्रमित

दक्षिण कोरियामा दैनिक झण्डै ५ लाख नयाँ सङ्क्रमित

दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै ५ लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८ सय ८१ जना नयाँ सङ्क्रमित भएका हुन ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख २७ हजार २ सय ४७ पुगेको छ । कोरिया रोग नियन्त्रण तथा व्यवस्थापन निकायका अनुसार यसअघि तीन लाख ५३ हजार ९ सय ६८ नयाँ सङ्क्रमित थपिएका थिए ।

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरसका कारण सङ्क्रमितको सङ्ख्या यसरी अत्यधिक बढेको अधिकारीहरुको भनाइ छ । नयाँ सङ्क्रमितमध्ये एक लाख एक हजार १ सय ३३ जना राजधानी सोलका मात्रै रहेको अधिकारीहरुले जनाएका छन् ।

सङ्क्रमित भएकामध्ये एक हजार ८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २० जनाले कम भएको पनि अधिकारीहरुको भनाइ छ । पछिल्लो एक दिनमा कोरोनाका कारण २ सय ९१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या १३ हजार ४ सय ३२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्