तास खलिरहेको अवस्थामा आठ जना पक्राउ

तास खलिरहेको अवस्थामा आठ जना पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका-९ हाउजिङ पुलस्थित प्रेम बहादुर थापाको नुवाकोट मिट शपमा जुवातास खलिरहेको अवस्थामा ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त मिट सपभित्र खाली कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७७ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्