दक्षिण कोरियामा एकै दिनमा ३ लाख ९५ हजार सङ्क्रमित

दक्षिण कोरियामा एकै दिनमा ३ लाख ९५ हजार सङ्क्रमित

दक्षिण कोरियामा एकै दिनमा ३ लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ ।

प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका अधिकारीहरुले पछिल्ला केही दिनमा यहाँ कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्यामा केही कमी आएको तर उल्लेख्य मात्रामा भने घट्न नसकेको बताएका हुन् । यहाँ बुधबार तीन लाख ९५ हजार ७०० जना सङ्क्रमित पाइएको उनीहरुले बताएका छन् ।

दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घण्टा यता त्योभन्दा अघिल्लो दिनका तुलनामा भने केही कमी आएको बताइएको छ । अघिल्लो दिनमात्र यहाँ चार लाख ९० हजार जनाको हाराहारीमा सङ्क्रमितहरु भेटिएका थिए ।

सो निकायका अनुसार अहिलेसम्म यहाँ कोरोना सङ्क्रमित हुनेको सङ्ख्या एक करोड नाघेको छ । यहाँ पछिल्ला केही दिनमा दैनिक कम्तीमा पनि तीन लाखको सङ्ख्यामा सङ्क्रमित देखिने गरेका छन् । यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्तामा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् । उनीहरुले नागरिकहरुले पूर्णमात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्