सेना, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सेमिफाइनलमा

सेना, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
बिहीबारको पहिलो खेलमा गण्डकी प्रदेशले बाग्मतती प्रदेशलाई ८–० को गोलअन्तरमा पराजित गरेको छ । गण्डकीका आशिष ठकुरीले ३ गोल, सोनु लामा र पिताम्बर थापाले समान २–२ गोल तथा रोहन लामाले १ गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच गण्डकीका आशिष ठकुरी भए ।

दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ३–१ गोलअन्तरमा पराजित गरेको छ । सुदूरपश्चिमका दीपकराज जोशी, आयुष साह र भीम भट्टले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच सुदूरपश्चिम प्रदेशका आयुष साह भए ।
त्यसैगरी तेस्रो खेलमा लुम्बिनी प्रदेशले मधेस प्रदेशलाई ७–१ गोल अन्तरमा पराजित गरेको छ । लुम्बिनीका लागि अद्नान अन्सार र सागर आचार्यले समान २–२ गोल तथा सुरजकुमार घर्ती र इम्तिहाज अन्सारीले समान १–१ गोल गरे । मधेस प्रदेशका लागि एक मात्र सान्तवना गोल आकाश साहाकानुले गरे । खेलको म्याद द म्याद म्याच लुम्बिनीका अद्नान अन्सारी भए ।

नेपाल हक्की संघको आयोजनामा भएको प्रतियोगिताको अंक तालिका अनुसार शुक्रबारको पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश तथा दोस्रो सेमिफाइनल खेल नेपाली सेना र लुम्बिनी प्रदेशबीच हुने खेल संयोजक रञ्जन थापाले जानकारी दिए ।
चैत १२ गतेसम्म हुने प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रगियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्