अवैध लागूऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागूऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

बर्दिया । बढैयाताल गाउँपालिका-२ जमुनी गाउँ नजिकबाट करिब ९ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बढैयाताल गाउँपालिका-२ सितापुर बस्ने २५ वर्षीय सुनिल रानामगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जामुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिरहा, भगवानपुर गाउँपालिका-४ बलान खोलास्थित सडकबाट करिब २४ किलो अवैध लागूऔषध गाँजा बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी ठाडाबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले बोरा फाली फरार भएपश्चात उक्त बोरा जाँच गर्ने क्रममा गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्