राष्ट्रपतिद्वारा भारतका लागि नेपालका आवासीय राजदूत डा. शर्मालाई शपथ

राष्ट्रपतिद्वारा भारतका लागि नेपालका आवासीय राजदूत डा. शर्मालाई शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा.शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा.शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित हुनुहुन्थ्यो ।

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा.शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्