विदेशी अनुभवको सदुपयोग : विराटनगरमा एटीबी रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा

विदेशी अनुभवको सदुपयोग : विराटनगरमा एटीबी रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा

विराटनगर । होटल व्यावसाय क्षेत्रमै काम गरेर फर्किएका दुईजनाले मोरङको विराटनगरस्थित आयल निगम छेउमा एनीटाईम रेष्टुरेन्ट एण्ड बार (एटीबी) सञ्चालनमा ल्याएका छन् ।

क्रुज पानी जहाजमा १० वर्ष काम गरेर फर्किएका विराटनगरका आशिष कुमार देव र सिद्धी अधिकारीले गएको पौष ७ गतेदेखि उक्त रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका हुन् । व्यावसायिक साझेदार रहेकी अधिकारी मास्टर्स अध्ययनको शिलशिलामा २ वर्ष यु.के बसेर फर्किएकी हुन् । उनीसँग पनि युकेको विभिन्न होटल तथा रेष्टुरेन्टमा काम गरेको अनुभव छ । हाल उनीहरुले सञ्चालनमा ल्याएको एटीबीमा प्रोपर थकाली तथा कन्टिनेन्टल र दर्जन बढी खानाका परिकारहरु पाईन्छन् । औधोगिक क्षेत्रलाई समेत खयाल गर्दै उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको एटीबीकी सञ्चालक सिद्धि अधिकारीले आवर विराटनगरलाई बताईन् । उनीले भनिन्, ‘मानव स्वास्थ्य खयाल गर्दै हामीले आफ्ना परिकारहरुमा अर्गानिक तरकारीहरु प्रयोग गरिरहेका छौं ।’

एटीबी भने कुल ५० लाखको लगानीमा सञ्चालनमा आएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्