दिपेश र रशिलालाई भक्तपुर खुला ब्याडमिन्टन उपाधी

दिपेश र रशिलालाई भक्तपुर खुला ब्याडमिन्टन उपाधी

विराटनगर । राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी र सेनाकी रशिला महर्जनले प्रथम राष्ट्र ब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको उपाधी उचालेका छन् ।

पुरुष एकल तर्फ राष्ट्रिय च्याम्पियन धामीले रिभाईभ लिजर पार्कका बिश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई २१-१५, १२-२१, २१-१२ को अन्तरमा पराजित गर्दै उपाधी उचालेका हुन् । तृतीय स्थानमा पुलिसका जीवन आचार्य र बिष्णु कटुवाल रहे । सेमिफाईनलमा जीवन दिपेश संग र बिष्णु प्रिन्स संग पराजित भएका थिए ।

भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिपको महिला एकल तर्फ राष्ट्रिया च्याम्पियन सेनाकी रशिला महर्जनले उपाधी हात पारिन् । बिश्व जुनियर युगल तर्फ उच्च ७ मा रहेकी उनले सेनाकै अनुमाया राईलाई २१-९, २१-१९ ले पराजित गर्दै उपाधी हात पारेकी हुन् । तृतीय स्थानमा सेनाकी अमिता गिरी र पुलिसकी निता लम्साल रहे । गिरी सेनाकै रशिला संग र निता अनुमाया संग पराजित भएकी थिईन् । नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा भएको च्याम्पियनसिपको पुरुष युगल तर्फ सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले बाजी मारे । उक्त जोडीले कास्कीका भुगोल गुरुङ्ग र बिधान अधिकारीको जोडीलाई २१-१७, २१-१३ ले पराजित गर्दै उपाधी जितेका हुन् । तेश्रो स्थानमा एपिएफका दिपेश धामी र बिजित थापा मगर एवं १६ फिदरका क्षितिज खनाल र सुजन थापाको जोडी रहे ।

लिवालिस्थित कभर्डहलमा यु १५ छात्रा एकल तर्फ बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीकी एञ्जेल लिम्बुलाई २१-१४, २१-१४ को समान अन्तरले पराजित गर्दै स्वणर् हात पारिन् । तेश्रो स्थानमा सेनाकी रोज पाण्डे र १६ फिदरकी रिहाना शेरचन रहे । सोही बिधाको छात्र एकल तर्फ एनआरएनका शाहिल चन्द र सिल्क ग्रुपका कबिर के.सी. विच भएको प्रतिस्पर्धामा कबिरलेले बाजी मारे । उनले २१-१५, २१-१६ का जित निकालेका हुन् । तेश्रो स्थानमा कपिलबस्तुका रोहित बराल र अभय महरा रहे ।

मास्टर्स युगल ४५ तर्फ कास्कीका नरबहादुर गुरुङ्ग र शम्भु श्रेष्ठको जोडीले जित निकाले । उक्त जोडीले गठ्ठाघर स्पोर्टस् क्बलका पूणर्हरि होना र संजीव कपालीको जोडी लाई २१-१५, २१-१७ ले पराजित गर्दै स्वणर् हात पारेका हुन् । तेश्रो स्थानमा जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नविन बाबु श्रेष्ठ तथा चन्द्रागिरीका राम के.सी. र हरि खत्रीको जोडी रहे । बिजयी खेलाडीहरुलाई संघिय साँसद प्रेम सुवाल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपमेयर रजनी जोशी लगायतले पुरस्कार वितरण गरेका थिए ।

करिव ब १६ लाख ८६ हजार ५ सय रुपैयाँ लागत रहेको च्याम्पियनसिपमा यु-१५ पुरुष/महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । पुरुष/महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेश्रोले १२ हजार ५ सयका दरले नगद पुरस्कार हात पारे । भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

चारदिने च्याम्पियनसिपमा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी / प्रहरी / एपीएफ) बाट २ सय खेलाडीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्