अवैध लागुऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागुऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ४ किलोग्राम अवैध लागुऔषध गाँजाको धुलो सहित धादिङ धाक्रे गाउँपालिका-५ बस्ने ५० वर्षीय सूर्य बहादुर तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख १५५२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट करिब ५ किलो ५ सय ग्राम अवैध लागुऔषध गाँजा सहित भारत छाप्रा सबलपुर बस्ने ७० वर्षीय गणेश रायलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बस पार्क नजिकबाट करिब १ सय २० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बराहताल गाउँपालिका-१० ओदानताल बस्ने २४ वर्षीय मुकेश सिजालीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्यूरो, प्रदेश ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरीले उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागुऔषध लुपिजेसिक ७ एम्पुल, डाईजेल्याब ७ एम्पुल, एभिल ७ एम्पुल र फेनारगन ५ एम्पुल सहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २४ वर्षीय बिपिन कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१० रामबजारबाट नियन्त्रित लागुऔषध ११ एम्पुल फेनारागन, ९ एम्पुल नुर्फिन र ९ एम्पुल डाईजेपाम सहित सोही ठाउँ बस्ने स्याङ्जा बिरुवा गाउँपालिका घर भएका २७ वर्षीय कुमार गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्