नक्कली नोट सहित पक्राउ

<span class='c1'>नक्कली नोट</span> <span class='c2'>सहित पक्राउ</span>

बारा । निजगढ नगरपालिका-८ हाट बजारबाट नक्कली जस्तो देखिने १ हजार दरको ३४ थान र ५ सय दरको २३ थान गरी जम्मा ४५ हजार ५ सय रूपैयाँ सहित कोल्हवी नगरपालिका-१० आमाऔल टोल बस्ने ६२ वर्षीय हरी चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले चौधरीलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्