सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

विराटनगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ८ सयले बढेर ९९ हजार सात सय तोकिएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार नौ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार दुई रुपियाँ छ । यसको मूल्य बिहीबार प्रतितोला ९८ हजार चार रुपियाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार ३६० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्