मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ

<span class='c1'>मोटरसाइकल चोरी गरेको अभियोगमा</span> <span class='c2'>३ जना पक्राउ</span>

पर्सा । वीरगंज महानगरपालिका-२७ बस्ने २४ वर्षीय मुन्ना अन्सारीको प्रदेश २-०३-००२ प ५९३७ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ ठेगाना भएका ३४ वर्षीय कमल गिरी, चितवन भरतपुर महानगरपालिका-१५ ठेगाना भएका १९ वर्षीय निशान थापा र पर्सा वीरगंज महानगरपालिका-१५ ठेगाना भएका १८ वर्षीय किशोर रहेका छन् ।

वीरगंज महानगरपालिका-१६ बसपार्कस्थित ग्यारेजमा पार्किङ गरी राखेको अवस्थाबाट ग्यारेजको ताल्चा फुटाई उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले उनीहरूलाई ग्यारेज नजिकबाट मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्