जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

<span class='c1'>जबरजस्ती करणी गरेको</span> <span class='c2'>अभियोगमा पक्राउ</span>

ललितपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका-४ घर भएका ३८ वर्षीय सुशिल चटौतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चटौतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पाल्पा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका-१ कचल बस्ने ४८ वर्षीय कोशल बहादुर हिस्किलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । कोशल बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तनहुँ, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-३ कालामाटा बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-६ घर भएका २१ वर्षीय सनिल मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्