एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी

<span class='c1'>एमबिबिएस प्रवेश परीक्षामा</span> <span class='c2'>३४ हजार विद्यार्थी</span>

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६ सय ६५ जनाले आवेदन दिएका छन् ।

तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५ सय ८ जना सहभागी थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिनुभएको छ । मन्त्री पौडेल नेपाली सेनाको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षणमा जानुभएको थियो ।

सो परीक्षाका लागि १ सय ११ परीक्षा केन्द्र तोकिएको आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्