नेपाल राष्ट्र बैंकले भन्यो–अर्थतन्त्र संकटमा छ, अत्यावश्यक वस्तुको बाहेक एलसी नखोल्नु

नेपाल राष्ट्र बैंकले भन्यो–अर्थतन्त्र संकटमा छ, अत्यावश्यक वस्तुको बाहेक एलसी नखोल्नु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्दै एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । बढ्दो आयातको ग्राफका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्न बन्द गर्न भनेको हो ।

राष्ट्र बैंकले सोमबार बैंकका सीईओहरुलाई आकस्मिक छलफलमा डाकेर सकेसम्म एलसी खोल्न बन्द गर्न भनेको छ । अत्यावश्यक बाहेकका वस्तुको आयात ठप्प पार्नुपर्ने रणानीति राष्ट्र बैंकले अघि सारेको हो । शतप्रतिशत नगद मार्जिन नलिई कुनै पनि वस्तु आयातका लागि एलसी नखोल्न र खोल्नै पर्दा पनि अत्यावश्यका लागि मात्रै खोल्न
भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्