प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा वाग्ले, उपाध्यक्षमा जीनाजंग कार्की

प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा वाग्ले, उपाध्यक्षमा जीनाजंग कार्की

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निणर्य गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्ति गर्ने निणर्य गरेको हो ।

प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष जीना कार्की(विराटनगर, मोरङ) र सदस्य सचिव हंशराज वाग्ले (ज्यामिरे, ओखलढुंगा)लाई नियुक्त गर्ने निणर्य गरेको छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेकाले निजहरूलाई बर्खास्त गर्ने निणर्य गरेको थियो ।

त्यस्तै, बैठकले केही आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकताका आयोजनाका रुपमा तोक्ने निणर्य गरेको प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्