विवादित विगत भएका वाग्लेलाई प्रदेश खेलकुद बोर्ड सदस्य सचिवको जिम्मेवारी

विवादित विगत भएका वाग्लेलाई प्रदेश खेलकुद बोर्ड सदस्य सचिवको जिम्मेवारी

विराटनगर । सरकारले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा विवादित पृष्ठभूमि भएका पर्शुराम बस्नेतलाई हटाएर उस्तै पृष्ठभूमिका हंसराज वाग्लेलाई नियुक्त गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले मंगलबार ओखलढुंगा ज्यामिरेक वाग्लेलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको पृष्ठभूमि भने विवादित रहेको छ ।

भलिबलका पूर्व राष्ट्रिय खेलाडी वाग्ले एकिकृत समाजवादीका ओखलढुंगा अध्यक्ष हुन् ।

काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित अल्पाईन फुडल्याण्मा २०७२ सालमा चैत १४ गते जुवाखालबाट पक्राउ परेका उनी २०७५ पुस १७ गते नेपाली कांग्रेसका नेता तुलाराम दाहाललाई कुटपिट प्रकरणमा जोडिएका थिए ।

प्रदेशका समग्र युवाहरुलाई खेलकुदको क्षेत्रमा गोलवद्ध गर्ने जिम्मेवारी पाएका वाग्ले समेत निर्विवाद र स्वच्छ छवी भएका व्यक्ति नभएको भन्दै आलोचना सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्