विराटनगरमा प्रथम टि–२० मेयर कप क्रिकेट सुरु

<span class='c1'>विराटनगरमा प्रथम टि–२० मेयर</span> <span class='c2'>कप क्रिकेट सुरु</span>

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु हुने भएको छ । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर र राजविराज विजयी भएका छन् ।

बुधबारको पहिलो खेलमा आयोजक विराटनगरले झापाको मेची नगरपालिकालाई ३६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रनको सामान्य योगफल खडा गरेको थियो । विराटनगरकालागि सर्वाधिक लव कामत ५७ रनमा अविजित रहे । उनले ५६ बलमा ४ चौका प्रहार गरे । त्यस्तै साकिव हकले १७ रन बनाउँदा मिनस थापाले १५ रन जोडे । झापाका प्रेम सिंह र विशाल आर्चायले २–२ विकेट लिँदा सुमिरन राई र विराज डाँगीले १–१ विकेट लिए ।

१ सय २३ रनको सामान्य लक्ष पाएको झापाले १७ दशमलव ४ बलमा सवै विकेट गुमाई ८६ रनमा सिमित भयो । झापाकालागि अनिल लामिछानेले ३२ रन जोड्दा अंकित सुवेदीले १६ बबनाए । विराटनगरका म्यान अफ द म्याच कप्तान सिद्धान्त लोहनीले ४ विकेट लिए । उनले एक मेडन राख्दै १३ रन दिए । लोहनीबाहेक दिपेश कँडेलले ३ विकेट तथा मुकुन्द यादवले २ विकेट लिँदा रेवती यादवले १ विकेट लिए ।
दोस्रो खेलमा राजविराजले सुनसरीको इनरुवालाई ७६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० रनको बनाएको थियोे । राजविराजकालागि रोहन विकले ३९ रन बनाउँदा निरज यादवले ३० रन र विशाल दासले २० रनको योगदान दिए । रोहनले २५ बलमा १ छक्का र ६ चौका प्रहार गरे । इनरुवाका सोनु मण्डलले ३ विकेट पलँदा भुपाल लुइटेल र गौरव कटुवालले १–१ विकेट लिए ।

१ सय २१ रनको लक्ष पाएको इनरुवाले ११ दशमलव ३ बलमा सवै विकेट गुमाई ५३ रनमा सिमित भयो । इनरुवाकालागि सोनु मण्डलले सर्वाधिक ९ रन बनाए । राजविराजका म्यान अफ द म्याच अनिल यादवले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ५विकेट लिँदा मेहबुव आलम र अजय यादवले २–२ विकेट लिए ।
प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागि भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफि तथा उपविजेताले नगद ५१ हजार ट्रफि पाउँने छन् ।

६ टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटको अधारमा खेलाईएको छ । समुहको टप दुई टिम सेमिफाइनलमा पुग्ने पुगने छन् । चेत्र २६ गतेसम्म हुने प्रतियोगित सम्पन्न गर्न करिव १३ लाख खर्च हुने आयोजकले जनाएको छ ।
बुधबारको पहिलो खेल विरगञ्ज र मेची र दोस्रो खेल इनरुवा र जनकपुरविच खेल हुने आजोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्