नयाँ वर्ष : नयाँ जोस र उमंगको एक उत्सव

नयाँ वर्ष : नयाँ जोस र उमंगको एक उत्सव

चन्द्र पौडेल
विराटनगर । प्रत्यक बाह्महिनामा एक वर्ष पुरा भएर अर्को वर्ष थालनी हुने समयलाई नयाँ वर्ष भन्ने प्रचलन रहेको छ । नयाँ“ वर्ष विश्वमा अलग-अलग तिथि मितिमा फरक-फरक तरिकाले मनाइन्छ ।

हाम्रो देशमा पनि विभिन्न नयाँ वर्षहरु मनाइन्छ । ती मध्य विक्रम संवत्को नयाँ“ वर्षको सुरुवात वैशाख एक गते बाट सुरु हुन्छ ।नयाँ वर्ष फरक प्रकारको जोस,उत्साहएवं विश्वासको पर्वका रुपमा मनाइने नेपाली संस्कृति रहि आएको छ । लहरा तथा नयाँ रुख-बिरुवाहरुमा देखिने नया“ पालुवा एवं फूलहरुको सुगन्धयुक्त सिरसिर हावा अनि कोइलीको कुहुकुहु र अन्य चराहरुको चिर्बिरले र सजिएको सुन्दर वसन्त ऋतुको मनोरम दिनहरुसँगै नवीन उमङ्ग,उल्लास एवं आशा लिएर विक्रम संवतको नयाँ वर्षको आगमन हुन्छ । विशेष गरेर नयाँ वर्ष सकारात्मक सोच,एकता,नयाँ योजनाका साथ मीठा परिकार खाई विशेष उत्सवका रुपमा मनाउने चलन छ । खास गरेर नयाँ वर्ष मनाउने कुरामा आधुनिक युवायुवतीहरुले विशेष जोड दिदै आएका छन् । यस नयाँ वर्षमा मिष्ठान्न परिकारहरु खादै साथी भाइसँग रमाइलो ठाउँमा घुमघाम गरि मनाइन्छ । हरेक मानिसमा आ-आफ्नै किसिमको उत्साह हुन्छ । कसैमा धेरै त कसैमा थोरै । यसका अतिरिक्त किशोरावस्थामा जति सक्रियता र उत्सुकता अरुमा खासै पाइँदैन । भनिन्छ, यो उमेरमा धेरै कुराको विकास हुन्छ अनि योजना बनाउने जागर पनि उत्तिकै हुन्छ ।

आम मानिसहरुमा पनिनया वर्ष भन्ना साथ खुसी र उमङ्ग सञ्चार हुन थाल्छ । उत्सवका मनाइने भएकाले नेपाली लोक जीवनमा नयाँ वर्षको विशेष स्थान हुन्छ । नयाँ वर्ष मनाउने सबैको आ-आफ्नै तरिका भए पनि यो उत्सवशुभहोस् भन्ने साझा उद्देश्यका साथ मनाइन्छ । यो मानव वा अन्य कुनै संघ सस्थाहरुले गरेका वर्ष दिनको कामहरुको समीक्षा पनि हो । त्यसैले त यो दिन विगतबाट पाठ सिक्दै वर्तमान राम्रो बनाउन प्रयत्न गरिन्छ । यति बेला देशभरिका नै विभिन्न गिफ्ट हाउस,कोल्ड हाउसहरुको युवा पुस्ताहरुको चहलपहल बढेको छ । नयाँको रौनक त किशोरकिशोरीहरुमै झल्कन्छ । आफुलाई उत्सवमय बनाउन उनीहरु विभिन्न बहाना खोजिरहेका छन् ।

युवा पुस्ताहरुले नयाँ वर्ष मनाउने केहि शैलीहरु:
पार्क-रिसोर्ट

यस नयाँ वर्ष अवसर पारेर प्राय किशोरकिशोरी रमाइलोका लागि पहिलो प्राथमिकताका रुपमा विभिन्न पार्कहरु नै रोज्ने गर्दछन् । जहा“ उनीहरुले वर्षभरि भएका गतिविधिहरुका बारेका छलफल गदै आगामी दिनहरुका लागिनयाँ-नयाँ योजनाहरु एकअर्कालाई सुनाएर,छलफल गर्दै नयाँ वर्ष मनाउने गर्छन ।

फिल्म हल
नयाँ वर्षको अवसर पारेर दर्शकहरुले रुचाउने कलिउड,बलिउड, हलिउडका साथै आधुनिक शैलीका चलचित्रहरु प्रदर्शन हुने हुँदा किशोरकिशोहरु तथा परिवारजनहरु मिलेर नयाँ वर्ष मनाउनकै निम्ती प्रमुख गन्तव्यका रुपमा पनि फिल्महल पर्दछ । यस अवसरमा अरु बेलाको तुलनामाचलचित्र हेर्नेको उपस्थिति अन्य दिन भन्दा बाक्लो हुने गर्छ ।

सपिङ मल
आधुनिक सुविधा सम्पन्न मलहरुमा रमाइलो उत्सवको लागि अर्को प्रमुख गन्तव्यहो मल । आधुनिक परिकारका मिष्ठान भोजनहरु साथै विभिन्न लाइभ सांगितककार्यक्रमहरु पनि हुने हुँदा धेरै जसो नयाँ वर्ष मनाउनकै निम्ति भए पनि सपिङ मलजाने साथै नयाँ आवश्यक सामग्रीहरु किनेर सपिङ मलमा नयाँ वर्ष मनाउनेहरु पनि प्रसस्तै भेटिने गर्छन् ।

धार्मिक स्थल
हुन त अहिलेको टिनएजर (किशोर-किशोरीहरु)धार्मिक कुरामा खासै विश्वास, आस्था त राख्दैनन् तर यहि सत्य हो पनि भन्न मिल्दैन् । अहिलेको किशोर-किशोरीहरुको मोह आधुनिक कुरामा मात्र छैन् साथी-साथी मिलेर समूहमा भेला भएर धार्मिक स्थलतथा मठ-मन्दिमा दर्शन गर्न जाने किशोर-किशोरीहरुको अहिलेको समयमा पनि प्रसस्तै भेटिनछन् । अहिलेका युवाहरु उत्सवलाई विश्वास र शान्तिको अनुभूति गर्न सकिने बलियो आधारका रुपमा लिइन्छ ।

प्राचीकालमा नेपालमा नयाँ वर्ष मनाउन विभिन्न मठ-मन्दिरहरुमा पूजाआजा गरिन्थ्यो भने अहिले सामाजिक सञ्जालमा शुभकामना आदान-प्रदान गरेर तथा नयाँ लुगा लगाएर घुम्न गएर नयाँ वर्ष मनाउने परम्पराको विकास भएको छ ।

आम मानिसमा पनि नयाँ वर्ष भन्न साथ खुसी र उमङ्ग सञ्चार हुन थाल्छ । उत्सवका रुपमा मनाइने भएकाले नेपाली लोक जीवनमा नयाँ वर्षको विशेष स्थान छ । नयाँ वर्ष मनाउने सबैको आ-आफ्नै तरिका भए पनि यो उत्सव शुभहोस् भन्ने साझा उद्देश्यका साथ मनाइन्छ । विगतबाट पाठ सिक्दै वर्तमान राम्रो बनाउन प्रयत्न गर्नु पर्छ । सम्पुर्ण नेपाली आमाबुवा, दाजुभाई,दिदिबहिनीहरुमा नयाँको हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्