पछिल्लो २४ घण्टामा ३२ ठाउँमा आगलागी, एक जनाको मृत्यु

<span class='c1'>पछिल्लो २४ घण्टामा ३२ ठाउँमा</span> <span class='c2'>आगलागी, एक जनाको मृत्यु</span>

काठमाडौं । गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ ।

प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार ती आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आगलागीमा परी सप्तरीको बोदेबरसाइन नगरपालिका–१० स्थित अमरैयाका दुई घरमा आगलागी भएको र त्यहाँ एक पाँच वर्षका बालकको जलेर मृत्यु भएको जनाइएको छ ।

यस्तै रौतहट र पर्सामा आगलागीमा परेर पाँच जना घाइते भएका प्राधिकरणले जनाएको छ । ती आगलागीका घटनामा झण्डै रु.दुई करोडको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्