गरिखानेको कथा : मौरीपालन व्यवसाय ,महमा भन्दा घारमा नाफा

गरिखानेको कथा : मौरीपालन व्यवसाय ,महमा भन्दा घारमा नाफा

बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका छन् । खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पालेका छन्। म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा ११ वर्षअघिदेखि सुन्तला खेती गर्दै आएका खत्रीले विसं २०७२ बाट मौरीपालन गर्न थालेका छन् ।

सन् २००२ मा इलेक्ट्रोनिक्स कामका लागि दुबई गएका खत्री दुई वर्षमै नेपाल आए । पुनः मलेसिया गएका खत्री सन् २००९ मा मलेसियाबाट फर्किए । मलेसियाबाट फर्केपछि खत्रीको आफ्नै घरको पाखो बारीमा सुन्तला खेती गर्ने सोच पलायो । वैदेशिक रोजगारीमा राम्रो नभएपछि खत्री सुन्तला र पछि मौरीपालनमा आकर्षित भएको बताउनुहुन्छ । उहाँको १० रोपनी जग्गामा रहेका २०० सुन्तलाका बोटले आम्दानी दिइराखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्