उपचारको क्रममा अस्पतालबाट फरार भएका थुनुवा पक्राउ

<span class='c1'>उपचारको क्रममा अस्पतालबाट फरार</span> <span class='c2'>भएका थुनुवा पक्राउ</span>

काठमाडौं । प्यारालाइसिसको बहाना बनाई उपचारको क्रममा वीर अस्पतालबाट फरार भएका थुनुवा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ कुञ्‍चोक करमडाँडा घर भएका ४५ वर्षीय राजेश तिरुवालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका तिरुवाले प्यारालाइसिस भएको भन्ने बहाना बनाई वीर अस्पतालमा भर्ना भई उपचारत रहेको अवस्थामा गत चैत २९ गते राति अस्पतालबाट भागी फरार भएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई बुढानिलकण्ठ नगरपालिका-१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्